जापानका प्रधानमन्त्री फुमिओ किशिदालाई लक्षित गरी ‘स्मोक बम’


Bazar Dainik
15 April, 2023 11:32 am

जापान, वैशाख, २ । जापानका प्रधानमन्त्री फुमिओ किशिदालाई लक्षित गरी आक्रमण भएको छ । शनिबार एक सार्वजनिक कार्यक्रममा सहभागी भइरहेका बेला प्रधानमन्त्री किशिदालाई लक्षित गरी ‘स्मोक बम’ फालिएको हो ।

बम विष्फोटको आवाज सुनेपछि त्यहाँ हंगामा मच्चिएको थियो। मानिसहरूको भागदौड भएको थियो । सुरक्षाकर्मीले तत्कालै प्रधानमन्त्रीलाई सकुशल बाहिर निकालेका थिए । यसै क्रममा संदिग्ध आक्रमणकारी पक्राउ परेका छन् ।

जापान टाइम्सको रिपोर्ट अनुसार प्रधानमन्त्री किशिदा र्यालीलाई सम्बोधन गर्न वाकायामा शहर पुगेका थिए । उनले यसै महिनाको अन्त्यमा हुने उपनिर्वाचनका लागि आफ्नो पार्टीको लिबरल डेमोक्रेटिक पार्टीका उम्मेदवारको समर्थनमा भाषण दिने भएका थिए । प्रधानमन्त्री किशिदा सुरक्षित रहेको द जापान टाइम्सले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्