सरकारले विदेशबाट आयात गरेको तरकारीमा विषादी परीक्षण गर्ने


Bazar Dainik
11 April, 2023 7:21 pm

काठमाडौँ, चैत २८ । सरकारले विदेशबाट आयात गरेको तरकारीमा विषादी परीक्षण गर्ने निर्णय गरेको छ । मन्त्रीपरिषदको आज बसेको बैठकले मूलुकबाहिरबाट आयात हुने तरकारीको विषादी परीक्षण गर्ने निर्णय गरेको हो ।

मन्त्रिपरिषदको निर्णय बारे जानकारी दिँदै एक मन्त्रीले भने,‘सरकारले बाहिरबाट ल्याएको तरकारीमा विषादी परीक्षण नगर्ने निर्णय भएको समाचारहरु आइरहेका थिए । त्यो सत्य थिएन,’ एक मन्त्रीले भने,‘बाहिरबाट आएको तरकारीमा विषादी परीक्षण गर्ने सरकारले निर्णय गरेको छ ।’

प्रतिक्रिया दिनुहोस्