सुर्खेत उडेको जहाज काठमाडौँ नै फर्कियो
काठमाडौँ, चैत ४ । काठमाडौंबाट सुर्खेतका लागि उडेको बुद्ध एयरको जहाजमा समस्या देखिएको छ । शनिबार बिहान बुद्ध एयरको यु–४१३३ जहाजमा समस्या देखिएपछि वीरगन्जबाट मोडेर पुनः त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरिएको हो ।
काठमाडौंबाट सुर्खेतका लागि उड्ने तयारी हुँदा पनि धावन मार्ग छाड्ने बेला उडान भर्न नसकेपछि पार्किङ गरिएको थियो ।
उक्त जहाजमा यात्रा गरिहेको पत्रकार दिपेन्द्र शर्माले फेसबुकमा स्टाटस लेख्दै आकाशकम उडिरहेको जहाजमा समस्या भएपछि पुनः काठमाडौंमै ल्यान्डिङ गरिएको बताएका छन् ।