जापानका प्रधानमन्त्रीले राष्ट्रपति पौडेललाई दिए बधाई


Bazar Dainik
14 March, 2023 6:34 pm

जापान, फागुन ३० । राष्ट्रपति रामचन्द्र पौडेललाई जापानले बधाई दिएको छ । सोमबार शितलनिवासमा पौडेलले पदभार ग्रहण गरेपछि जापानले बधाई दिएको हो ।

जापानका प्रधानमन्त्रीले राष्ट्रपति पौडेललाई बधाई दिएका छन् । नेपालस्थित जापान दूताबासमार्फत उनले जापान सरकारको नेपालसँग थप काम गर्न तत्पर रहेको जनाएका छन् । उनले नेपाल–र जापानबीच दुई देशबीचको द्विपक्षीय सम्बन्ध र मित्रतालाई प्रवद्र्धन र सहकार्य गर्ने उल्लेख गरेका छन् ।

गत मंसिरमा पौडेललाई जापान सरकारले राजकीय सम्मान प्रदान गरेको थियो । सन् २०२० अप्रिल २९ मा घोषणा भएको उक्त सम्मान नेपालस्थित जापानीदुतावासले पौडेलकै निवासमा विशेष कार्यक्रम गरी प्रदान गरिएको थियो । जापानी सम्राट मेइजिले सुरु गरेको राजकीय सम्मान ‘अर्डर अफ द राईजिङ सन’पौडेलले पाएका थिए । विश्वका विशिष्ट व्यक्तिहरुलाई वर्षको दुई पटक प्रदान गरिने यस सम्मान घोषणामा नेता पौडेल र माइक्रोसफ्टका संस्थापक विल गेट्स थिए ।

पौडेललाई विशेषतः पूर्व सभामुखको हैसियतमा दुई देशबीचका सांसदबीचको सम्पर्कलाई सक्रिय बनाउन र त्यसपछि नेपाल–जापान सम्बन्ध सुदृढमा गरेको योगदानका लागि कदर गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्