के छ जापानमा मनाइने ‘हिना माचुरी’ पर्वको महत्व
ग्रिश्मा पौड्याल ।
टोक्यो जापान । पहिलो पटक जापन आइपुग्ने जो कोहीलाई पनि यहाँको वातावरण, मौसम र सबैसँग झुकेर कुरा गर्ने जापानीजको चलन सबै राम्रो लाग्छ । अहिले त झन कोरोनाको त्रास पनि अलि कम भएर आयो । बेमौसमी साकुरा पनि फुलेर सकिनँ लाग्यो, र मौसमी साकुरा पनि कतै त फूल्न थालिसक्यो ।
हामी मध्य धेरैले डिपार्टमेन्टल स्टोरमा यस्ता जापानी डलहरू सजाएर राखेका देखेका हौंला तर यसको महत्व के हो ? धेरैलाई यस बारेमा थाहा नहुन सक्छ । आउनुस आज कुरा गरौं जापानमा मनाइने छोरी, चेलीहरूको शु–स्वास्थ्यको कामनासँगै चेलीहरू विवाह गरेर पठाउन ढिला नहोस भन्ने मनाश्यले मनाईने पर्व ひな祭り( हिना माचुरी) को बारेमा ।

प्रत्येक वर्ष मार्च महिनाको ३ तारिख जापानमा मनाइने पर्व हो हिना माचुरी । जापानको केही चलन निक्कै रमाईला र अनौठा पनि छन् ,जसमध्य हिना माचुरी पनि एक हो । यो डल फेस्टिफल्स वा गल्र्स फेस्टिफल्सको नामले पनि चिनिन्छ । यो दिन छोरी चेलीहरू भएको घरमा छोरीको शु–स्वास्थ्यको कामना गरी रातो कार्पेटमा ओच्छ्याईएका स्पेशल डल्र्स सजाएर राख्ने चलन छ ।
यसरी सजाएर राखेको डलहरू मार्च तीन तारिख पछि जति सक्दो चाँडो अर्को वर्षको लागि थन्क्याउने गरिन्छ । यदि यि डलहरु यन्काउन ढिला भयो भने छोरीहरु विवाह गरेर जान पनि ढिला हुन्छ भन्ने विश्वास रहेको छ ।
हिना माचुरीको उत्पत्ति तेस्रो शताब्दिको शुरूमा चाइनाबाट भएको थियो । मौसममा आउने परिवर्तनको क्रममा बाहिर हिंडडुल गर्दा दुर्घटना या अन्य कुनै अप्रिय घटना नहोस भन्ने हेतुले घरमा नै विभिन्न इन–डोर गेमहरू खेलि रमाईलोसँग बस्ने चलन शुरू भएर पछि पर्वकै रुपमा विकसित भयो हिना माचुरी ।

चाइनाबाट भित्रिएको यो पर्वमा जापानी मौलिक परम्परा पनि मिसिएको छ । मौसमी परिवर्तनका क्रममा अल्लारे छोरीहरूको मनमा कुनै दुर्भावना पैदा नहोस भन्ने हेतुले घर भित्र नै विभिन्न पुतलीहरू सजाउने र तिनीहरूलाई विभिन्न परिकार बनाएर खुवाई आफू पनि खाने र रमाइलो गर्ने चलन चलिआएको छ । यो दिन स्पेसल हिना जुसी र सुपहरू बनाएर खाने चलन रहेको पाइन्छ ।
चाईनिज क्यालेण्डर अनुसार कुनै कुनै बेजोड महिनाको बेजोड दिनहरूलाई अशुभ मान्ने गरिन्छ । जस्तो जनवरीको ११ तारिख, मार्च महिनाको ३ तारिख ひな祭りमे महिनाको ५ तारिख 子供の日 जुलाई महिनाको ७ तारिख 七夕祭りर सेप्टेम्बर महिना को ९ तारिख 九月九日節句 ।
यि दिनमा जापानमा विभिन्न मौसमी पर्वहरु विकसित भएका छ । अशुभ दिन बाहिर हिड्डुल गर्दा दुर्घटना हुन सक्ने हुनाले बाहिर नगई घरमा नै बसि रमाईलोसँग पर्व मनाउने र मीठा मीठा परिकारहरू बनाई आफू पनि खाने र डल्सहरूलाई पनि खुवाउने चलन चलेको पाइन्छ ।
जस अनुसार पहिला पहिला नयाँ ऋतु परिवर्तन हुँदा शाही परिवारको छोरीहरूको मनमा कु–भावना पैदा नहोस् र घर भित्र नै स्पेसल डल्सहरू सजाई तिनीहरूलाई आफ्नै हातले बनाएको परिकारहरू खुवाउने र खाने अनि रमाईलोसँग पर्व मनाउने चलन चलिआएको उल्लेख छ ।
यो चलन एदोयुग सन् १६०३ देखि सन १६६८ सम्म शाही परिवारमा मात्र सिमीत थियो । तर पछि यो चलन सर्वसाधारणमा पनि चल्न थाल्यो र युवतीहरुको उत्सव बनि गल्र्स वा डल फेस्टिफल्सको रूपमा परिवर्तन भयो ।
हिना माचुरी माथि उल्लेखित ५ विशेष मौसमी पर्वहरु मध्यको एक हो । यो दिनमा विशेष गरी (हिना जुसी) सुसी कै एउटा प्रकार र स्पेसल सुप बनाएर खाने चलन छ ।