जापानीजको मन जित्ने ‘ग्रेड बुद्ध’ (फोटोफिचर)


मनिषा चम्लागाईं
28 February, 2023 7:45 pm

जापान फागुन १६ । जापानको खानागावा केनमा पर्ने कामाकुरा जापानको पुरानो राजधानी भएको एउटा सानो सहर हो । कामाकुरा जापानको एक यस्तो पर्यटकीय स्थल हो जसले धेरै विदेशी पर्यटक आकर्षित गर्ने गर्दछ । यहाँ रहेको गौतम बुद्धको मूर्ति पनि कामाकुराको आर्कषण हो ।

गौतम बुद्धको उपदेश अनुशरण गर्दै जापानीज युवती ।

उक्त बुद्धको मूर्तिको उचाई ११.३१ मिटर रहेको छ भने तौल १२१ टन रहेको छ । यस मूर्तिलाई जापानको राष्ट्रिय खजानाको रुपमा लिइएको छ । ग्रेड बुद्ध नामले चिनिने उक्त मुर्तिलाई जापानमा कामाकुरा ‘दाइबुत्सु’ भनेर चिनिन्छ ।

जापानमा बौद्ध धर्मको इतिहासमा यस मूर्तिको मूल्य ठूलो रहेको जापानीज नागरिक मिखामी बताउँछन् । बौद्धको मूर्ति भ्रमणका लागि दैनिक विभिन्न देशका हजार्रौँ नागरिक त्यस स्थानमा पुग्ने गरेको मिखामीले बताए ।

मूर्ती अगाडी जापानीज युवा ।

शिन्तो धर्म र परम्परा रहेको जापानमा बौद्ध धर्मलाई शुरूमा विदेशी धर्मका रूपमा व्यवहार गरियो । तर, कल्याणकारी धर्मदर्शन, स्थानीय भाषा, संस्कृति र परम्परालगायत कुनै कुरामा पनि हस्तक्षेप नहुँदा बुद्धको शिक्षाले अपनत्व पाएको देखिन्छ ।

बुद्धलाई जापान भर यात्रा गर्न सहज होस् भन्ने उद्देश्यले बनाइएका परालका चप्पल ।

जापानलाई बौद्ध धर्मावलम्बीको देश पनि भन्ने गरिन्छ । जापानको विभिन्न स्थानमा बुद्धको मूर्ति निर्माण गरिएका छन् । क्यूशु प्रान्त कुमामोतो केन खामीआमाकुशाको एक विशाल पहरोमा नेपाली मूर्तिकारले बुद्धकोमूर्ति खोपेका छन् ।

बिक्रीका लागि राखिएका धातुबाट बनाइएका बुद्धका मूर्ति, जसको मूल्य २७ सय येनसम्म रहेको छ ।

तस्बिरहरु :बजार दैनिक । ।

प्रतिक्रिया दिनुहोस्