जापानमा विमान अवतरणमा १० मिनेट ढिलो हुँदा, आकाशमै १६ घण्टा बिताउनु परेपछि…………
जापान फागुन १३ । जापानभित्रै छोटो दुरीमा उडान भरेको एउटा विमानले आकाशमा १६ घण्टा बिताउनुपरेको छ ।
एयरपोर्ट कर्फ्यु सुरु हुने समयभन्दा १० मिनेट ढिला निर्धारित विमानस्थलमा पुगेपछि सो विमान आकासमा १४ घण्टा फन्को मारेर फेरि जहाँबाट उडेको हो, त्यहीँ अवतरण गर्न आइपुगेको थियो ।
जापान एयरलाइन्सको उडान जेएल ३३१ टोकियोबाट फुकुओकाका लागि उडेको थियो । विमानको एउटा स्विचमा समस्या देखिएपछि सो उडान ९० मिनेटले ढिला हुन पुगेको थियो ।
फुकुओका विमानस्थलले सो विमानलाई अवतरण अनुमति दिएन । किनभने १० मिनेटअघि नै रातिको १० बजेबाट एयरपोर्ट कर्फ्यु सुरु भइसकेको थियो ।
त्यसकारण विमानले अवतरण अनुमति पाउने विमानस्थल खोज्नुपर्ने भयो । फुकुओकानजिकै रहेको किताक्युसु सहरको विमानस्थलमा विमानले अवतरणको प्रयास गर्यो ।
तर, विमानका ३३५ यात्रुलाई होटलसम्म लैजाने बसको व्यवस्था गर्न नसकिने भएपछि अवतरण अनुमति प्राप्त भएन । तेल हाल्न सो विमान ओसाकाको कान्साइ विमानस्थलमा बिसायो । तर, यात्रुहरुलाई होटलसम्म लैजाने व्यवस्था हुन सकेन।
विमानका यात्रुहरुले दुई घण्टाको उडान १६ घण्टाको यात्रामा बदलिएपछि अनलाइनमा त्यसबारे लेखेका छन् । तर, एयरलाइन्सले राम्रो क्षतिपूर्ति दिएको उनीहरुको भनाइ छ ।
एक यात्रुले आफूहरुलाई नयाँ बोर्डिङपास, २० हजार येन र होटलमा बस्दा पानी उपलब्ध गराइएको बताएका छन् ।
फुकुओकामा नजिकै आवासीय क्षेत्र भएकाले राति १० देखि बिहान ७ बजेसम्म विमानस्थल बन्द राख्ने गरिन्छ ।
तर, मौसमको खराबी र एयरपोर्ट जामजस्ता टार्न नसकिने कारणले ढिला भए त्यो अवधिमा पनि विमान अवतरण गर्न दिइन्छ । तर, सो विमानको हकमा टार्न नसकिने कारणले ढिलाइ नभएको अधिकारीहरुको ठहर थियो ।