झापामा कुखुरा र अण्डा फाल्दै कृषकले गरे बिरोध प्रदर्शन


Bazar Dainik
7 February, 2023 3:59 pm

बिर्तामोड, माघ २४ । बिर्तामोडमा कुखुरा र अण्डा फाल्दै कृषकले गरे बिरेध प्रदर्शन झापाको बिर्तामोडमा किसानले सडकमा अण्डा र कुखुरा फालेर बिरोध जनाएका छन् । झापा बिर्तामोडस्थित मुक्ति चोकमा किसानहरुले १०० भन्दा धेरै कुखुरा र अण्डा फाल्दै बिरोध प्रदशन गरेका हुन् ।

बैंकको चर्को ऋण ब्याजदरका कारण कृषकलेहरुले आत्माहत्या गर्नु पर्ने स्थिति आएको भन्दै झापाका कृषकहरुले प्रदर्शन गरेका हुन् ।

आफूहरुसँग ८ रुपैयाँमा किनेको अण्डा उपभोक्ताले १५ रुपैयाँमा किनेर खानु परिरहेको भन्दै कृषकहरुले सरकारले बजारीकरणमा सहयोग नगर्दा बिचौलियाले कमाउने र किसान मर्ने स्थिति आएको उनीहरुको भनाइ छ । यसलाई हटाउन सरकारले पहल गर्नु पर्ने कृषकहरुको भनाइ छ ।

बिरोध कार्यक्रममा सहभागीहरुले सरकार नागरिकको अभिभावक भए पनि देशमा सरकार भए नभएको आभास हुन नसकेको बताए ।

प्रदर्शनमा उत्रिएका किसानहरुले बैंकको दादागिरी बन्द गर्, माफिया किसानलाई कारबाही गर्,सम्पूर्ण किसानहरु एक जुट हौऔं लगायतका नारा लगाएका थिए ।

किसानले सडकमा कुखुरा र अण्डा त्यसै छाडेर फर्किएका छन् ।

प्रतिक्रिया दिनुहोस्