पुसमा भित्रियो देशमा हालसम्मकै उच्च रेमिट्यान्स


Bazar Dainik
6 February, 2023 5:47 pm

काठमाडौँ, माघ २३ । रेमिट्यान्स आप्रवाहमा नयाँ रेकर्ड कायम भएको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्कअनुसार हालसम्मकै उच्च रेमिट्यान्स आप्रवाह भई नयाँ रेकर्ड कायम गरेको हो ।

नेपालमा पछिल्लो समयमा रेमिट्यान्स आप्रवाह बढ्दै गएको छ । अर्थतन्त्रमा ठूलो योगदान पुर्याउँदै आएको रेमिट्यान्स पछिल्ला महिनाहरुमा नयाँ रेकर्ड कायम गरेको देखिन्छ ।

गत मंसिरमा पहिलोपटक एकै महिना १ खर्ब बढी रेमिट्यान्स आप्रवाह भएको थियो । मंसिरमा १ खर्ब २ अर्ब ४६ करोड रुपैयाँ रेमिट्यान्स आप्रवाह भएको थियो ।

नेपालमा यसअघि मासिक ९० देखि ९७ अर्बको हाराहारीमा रेमिट्यान्स आप्रवाह हुँदै आएको थियो । तर, मंसिर र पुस महिनामा एक खर्ब रुपैयाँ बढी रेमिट्यान्स आप्रवाह भएको राष्ट्र बैंकको तथ्याङ्कले देखाउँछ ।

पुस महिनामा १ खर्ब ४ अर्ब ५८ करोड रुपैयाँ रेमिट्यान्स आप्रवाह भएको छ । जुन हालसम्मकै उच्च हो ।

प्रतिक्रिया दिनुहोस्