नर्सिङ क्लब नेपालले गर्‍यो सम्मेलन घोषणा


Bazar Dainik
4 February, 2023 1:49 pm

काठमाडौँ, माघ २१ । नर्सिङ क्लब नेपालले सम्मेलन (कन्फिरेन्स) घोषणा गरेको छ । नर्सिङ क्लब नेपालले काठमाडौँमा सटिफिकेट डिष्ट्रब्युसन सेरोमोनी तथा कन्फीरेन्स डिक्लारेसन समारोह गर्दै सम्मेलन घोषणा गरेको हो । क्लबले २०८० साल वैशाख ८ गते सम्मेलन गर्ने भएको छ ।

क्लवकी अध्यक्ष बिमला सुब्बा घिमिरेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमाण पत्र वितरण तथा सम्मेलनको मिति घोषणा सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथी बरिष्ठ नर्स, स्वास्थ्य मन्त्रालयको पूर्व विशेष सचिव बिजया केशी, विशेष अतिथी कम्युनीटी मेडीसीन महारन्जगन्जका बरिष्ठ प्राध्यापक तथा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्व उपकुलपती, डा. राजेन्द्र राजवाग्ले, नेपाल नर्सिङ एसोसीएसन नानाका कोषाध्यक्ष तथा गभरमेन्ट नर्सिङ एसोसीएसन नानाका अध्यक्ष कल्पना श्रेष्ठ, बरिष्ठ नर्स, पाटन मेन्टल हस्पिटलकी सुपरभाइजर मीना कार्की लगायतको सहभागिता रहेको थियो ।

क्लवले कार्यक्रमको समारोहमा बरिष्ठ नर्स केशी, उपकुलपती डा.वाग्ले, गभरमेन्ट नानको अध्यक्ष श्रेष्ठ, पाटन मेन्टल हस्पिटलकी सुपरभाइजर कार्कीलाई मानार्थ सदस्यता प्रदान गर्नुको साथै विशेषज्ञ व्याक्तिको रुपमा सल्लाहाकारमा नियुक्तिसमेत गरेको छ । साथै क्लवले प्रकृया पुरा गरेका नर्सलाई आजिवन सदस्यता प्रदान गरेको छ ।

कार्यक्रमका बिच नर्सिङ क्लब नेपालले (The Future of Nurse – Transforming Leadership) शीर्षकमा २०८० साल वैशाख ८ गते शुक्रबार काठमाडौँमा १ दिने राष्ट्रिय सम्मेलन आयोजना गर्ने घोषणा गरेको छ ।

कार्यक्रममामा बोल्दै प्रमुख अतिथि शी।ले क्लव पब्लीकमुखी र कम्युनीटीमा आधारित बन्नु पर्ने धारणा राखिन् । डा। वाग्लेले कामगर्दा सहकार्य, सद्भाव र मेहेनतका साथ अघि बढ्न सके लक्ष्यमा पुगिने बिचार व्यक्त गरे ।

गभरमेन्ट नानको अध्यक्ष श्रेष्ठले आफूहरुपनि संघर्षकै समयमा रहेको र क्लवको कार्यक्रमले नान र गभरमेन्ट नान लाई पनि सहयोग नै पुग्ने धारणा व्यक्त गरिन् । बरिष्ठ नर्स कार्कीले आफूले जानेको र सकेको सहयोग क्लवलाई गर्ने प्रतिवद्धता जनाइन् ।
कार्यक्रममा क्लवकी अध्य घिमिरेले संस्था स्थापनाको मुख्य ध्येय नर्सको क्षमता विकासमा योगदान गर्ने, नर्सको विषेषज्ञता, सामाथ्र्य र पहिचानलाई कसरी अघि बढाउने भन्ने रहेको बताइन् ।

क्लवको मुख्य उदेश्य नर्सिङ शिक्षालाई सेवामुखि बनाउन सचेतनामुलक कार्यक्रम गर्ने, गुणस्तरीय नर्सिङ सेवादिने, तालिम, गोष्ठी, सेमिनार, सम्मेलन तथा महोत्सवको आयोजना गर्ने र ड्रिम प्रजेक्टको रुपमा इ—लाइब्रेरी स्थापना गर्ने लगायत रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्