सपनाको ‘शिल्पाञ्जली’ कला प्रदर्शनी सम्पन्न, उठेको रकम सामाजिक क्षेत्रमा
काठमाडौँ, माघ १७ । प्रज्ञाकुञ्ज माध्यमिक विद्यालयकी निर्देशिका सपना खरेलले आफ्नो कृति विशेष पिताको प्रथम वार्षकि पुण्य तथिकिो अवसर पारेर प्रदर्शनीमा राखेकी छन् । कृति विशेष पिताको प्रथम वार्षिक पुण्य तिथिको अवसर पारेर काठमाडौँमा प्रदर्शनीमा राखेकी हुन् ।
आफ्नो १३ वर्षे जापान बसाईको क्रममा सिकेको पुष्प सजावटको शिल्पकलालाई प्रदर्शनीमा राखेकी थिइन् । गत माघ १३ गतेबाट चलेको उक्त प्रदर्शनी आज सम्पन्न भएको छ ।

शुक्ष्म ढंगले ज्ञान आर्जन गरेकी सपनाले नेपालमा पहिलो पटक कला प्रस्तुत गरेकी हुन् । शल्पिाञ्जली नाम दइिएको उक्त कला प्रदर्शनीमा दुई थरीको कला प्रस्तुत गरिएको थियो ।
झट्ट हेर्दा उस्तै देखिने दुईथरी कला पहिलो ओसबिाना सुकेको फूल, फूलका डाँठ, हाँगा, पातहरू र बनस्पति सुकाएर रंग उड्न नदिई प्राकृतिक रूपमा सुकाएका कागजमा टाँसेर बनाउने कला हो । चगिरी‐ ए विभिन्न कागजहरु च्यातेर कागजमा टाँसी आकार दिने कला हो । यो दुवै कलाकारीताको उच्चकोटीमा पर्छ । कलिलो उमेरबाट फूलहरूमा शौखिन सपनाले छोटो समयमा यो कला प्रस्तुत गरेकी हुन् ।

प्रदर्शनीको उद्घघाटन नेपाल ललतिकला प्रज्ञा प्रतष्ठिानका उपकुलपति करिण मानन्धरले गरेका थिए । पाँच दिनसम्म चलेको उक्त प्रदर्शनीमा बिक्री भएका कलाबाट उठेको रकम सामाजिक क्षेत्रमा खर्च गर्ने उनले बजार दैनिकलाई जानकारी दिइन् ।