प्रदेश १ मा कांग्रेसको प्रमुख सचेतकमा भुपेन्द्र राई नियुक्त


Bazar Dainik
23 January, 2023 1:28 pm

झापा, माघ ९ । प्रदेश १ मा नेपाली कांग्रेस संसदीय दलको प्रमुख सचेतकमा भुपेन्द्र राई नियुक्त भएका छन् ।

कांग्रेस संसदीय दलका नेता उद्धव थापाले सोमबार राईलाई प्रमुख सचेतक नियुक्त गरेका हुन् । प्रदेश १ को प्रदेशसभामा कांग्रेसका २९ सांसद छन् ।

प्रतिक्रिया दिनुहोस्