भारतबाट बढेर आयो पेट्रोलको मूल्य, घट्यो डिजलको


Bazar Dainik
16 January, 2023 4:54 pm

झापा, माघ २ । भारतबाट डिजलको मूल्य घटेर आएको छ । हरेक १५ दिनमा इन्डियन आयाल कर्पोरेसन (आइओसी) ले नेपाल आयाल निगमलाई पठाउने गरेको पेट्रोलियम पदार्थको नयाँ मूल्य अनुसार डिजल प्रतिलिटर ३ रुपैयाँ ७३ पैसाले घटेर आएको निगमले जनाएको छ ।

यसैगरी निगमका अनुसार पेट्रोलको मूल्य भने केही बढेर आएको छ। पेट्रोल लिटरमा २ रुपैयाँ ५१ पैसाले बढेर आएको छ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर ७९ डलरमा बिक्री भइरहेको छ । यस्तै नेपालमा आयात हुने ब्रेन्ट क्रुडको प्रतिलिटर मूल्य ८४ डलर हाराहारीमा किनबेच भइरहेको छ ।

अन्तर्राष्ट्रिय बजारमा घटबढ भइरहेको पेट्रोलियम पदार्थको मूल्यका कारण नेपालमा भारतबाट आउने नयाँ मूल्य पनि घटबढ भएर आएको हो ।

प्रतिक्रिया दिनुहोस्