जहाज दुर्घटनामा २९ जनाको मृत्यु पुष्टि, सरकारले दियो शोक बिदा
झापा, माघ १ । नेपाल नागरिक उड्डयन प्राधिकरणले पोखरामा भएको जहाज दुर्घटनामा अहिलेसम्म २९ जनाको मृत्यु भएको पुष्टि गरेको छ ।
विज्ञप्ति जारी गर्दै १० महिला, १८ पुरुष र १ जना शिशुको मृत्यु भएको पुष्टि गरेको हो । जहाजमा चालक दलका सदस्यसहित ७२ जना सवार थिए । उद्धार जारी रहेको प्राधिकरणले जनाएको छ ।

सरकारले दियो शोक बिदा
सरकारले भोलि माघ २ गते शोक बिदा दिने निर्णय गरेको छ । मन्त्रिपरिषदको बालुवाटारमा आज बसेको बैठकले पोखरामा भएको जहाज दुर्घटनाको शोक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता विष्णु पौडेलले जानकारी दिए ।