हाकोनेमा अनुभव गर्न सकिन्छ पृथ्वीको भूगर्भीय आन्दोलन



जापानको खानागावा केनमा अवस्थित हाकोने । प्राकृतिक सौन्दर्यले भरीपूर्ण हाकोने पर्यटकीय स्थल हो । भौगोलिक रुपमा ज्वालामुखी विष्फोटन भएको ठाउँ हो । ज्वालामुखी विष्फोटनका कारण बाट ग्याँस गईरहेको देख्न र महसुस गर्न सकिन्छ । हाकोनेमा पृथ्वीको भूगर्भीय आन्दोलनको अनुभव गर्न सकिन्छ ।
यो क्षेत्रमा पाइने कालो अण्डा पनि यहाँको पहिचान हो । कालो अण्डा खाँदा आयु बढ्ने विश्वाससमेत गरिन्छ । हाकोनेबाट फूजी सानको दृष्यसमेत देख्न सकिन्छ । हाकोने सबैभन्दा धेरै भुकम्प जाने स्थलका रुपमा पनि चिनिन्छ । भुकम्प धेरै जाने कारणले गर्दा बेलाबखत यो पर्यटकीय स्थल बन्द गरिन्छ । तस्बिर : मनिषा चम्लागाईँ ।


