जापानको नागोयामा २९ जना नेपालीले गरे रक्तदान


Bazar Dainik
28 November, 2022 3:22 pm

जापान, मंसिर १२ । स्याङ्जा समाज जापान, नागोयाले आइतबार नागोयामा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । जापान सरकारले रक्तदान सम्बन्धी बनाएको नीति नियमको पालना गर्दै कार्यक्रमको आयोजना गरिएको थियो ।

कार्यक्रममा २९ जना नेपालीले रक्तदान गरेको महासचिव एवम् कार्यक्रम संयोजक मनोज ढुंगानाले जानकारी दिए ।

कार्यक्रममा एन आर एन एआई सिसी सदस्य दीपक कार्की ,अन्तर्राष्ट्रीय साहित्य समाज बोर्ड अफ ट्रस्टी सदस्य विष्णुप्रसाद घिमिरे ,एन आर एन एन जापानका उपाध्यक्ष राजकुमार अधिकारी, एन आर एन ए जापानका सचिव श्याम शितल, नेपाल विद्यार्थी संघ जापानका अध्यक्ष अजय राना, एन आर एन ए नागोया क्षेत्रका संयोजक मनोज बम मल्ल, डिलाराम खरेल, कृष्ण गौतम, पत्रकार कबिकिरण न्यौपाने, समाजका सल्लाहकार कृष्ण रेग्मी लागायतले सहभागिता जनाएको थियो ।

जापानमा कोभिड – १९का कारण रक्तदान कार्यक्रम कम भएको र रगतको संकलनको मात्रामा कमि देखिएकोले रगतको व्यवस्थापनमा सहयोग गर्न रक्तदान कार्यक्रमको आयोजना गरिएको समाजका अध्यक्ष निशान रानाले बताए ।

स्याङ्जा समाज जापान, नागोयाले विभिन्न कार्यक्रमको आयोजना गर्दै आएको समाजका उपाध्यक्ष मित्र सिग्देलले बताए ।

प्रतिक्रिया दिनुहोस्