झाापा–२ एमालेका देवराज घिमिरे निर्वाचित


Bazar Dainik
23 November, 2022 9:33 pm

झापा, मंसिर ७ । झापा क्षेत्र नं २ मा स्वतन्त्र उम्मेदवार स्वागत नेपाललाई २२९७ मतले पराजित गरी नेकपा एमालेका देवराज घिमिरे निर्वाचित भएका भएका छन् । घिमिरेले २७ हजार ७७० मत ल्याउँदा नेपालले २५ हजार ४८३ मत पाएका छन् ।

गठबन्धनका तर्फबाट माओवादीका हरि रानाले १३ हजार ७१४ मत ल्याएर तेस्रो स्थान हासिल गरेका छन् । मगर अर्जुनधारा नगरपालिकाका पूर्वमेयर हुन् ।

माओवादी केन्द्रको भागमा परेको झापा निर्वाचन क्षेत्र नम्बर–२ मा माओवादी नेतृ धर्मशिला चापागाईले उम्मेदवारी अस्वीकार गरेपछि राना नेकपा एमाले परित्याग गरी संयुक्त लोकतान्त्रिक वाम गठबन्धनको गोलाकार भित्रको हँसिया हतौडा चुनाव चिन्हबाट उमेदवार बनेका थिए ।

चौथो स्थान भने राष्ट्रिय स्वतन्त्र पार्टीका रुद्रप्रसाद गिरीले ओगटेका छन् ।

प्रतिक्रिया दिनुहोस्