नेपालमा भेटियो कोरोना ओमिक्रोनको सव–भेरियन्ट


Bazar Dainik
24 October, 2022 3:13 pm

झापा, कात्तिक ७ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा पनि कोरोना ओमिक्रोनको सव–भेरियन्ट (एक्सबिबि) का संक्रमित पहिलो पटक पहिचान भएको बताएको छ ।

यो भेरियन्ट हाल विभिन्न देशमा फैलिरहेको र कोरोनाको संक्रमण बढिरहेको देखिएको पनि मन्त्रालयले आइतबार निकालेको विज्ञप्तिमा उल्लेख छ ।

मन्त्रालयले गत साउन २१ देखि असोज १४ सम्म कोरोना लागेका विभिन्न उमेर समूहका व्यक्तिहरूबाट संकलित नमूनाको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा छनौट गरी केही नमूनाको जिनोमिक पहिचान गरेको थियो ।

सोही क्रममा एक्सबिबि सव–भेरियन्ट नेपालमा पहिलो पटक पहिचान गरिएको हो । मन्त्रालयले तिहारलगायत चाडपर्वमा भिडभाड हुने भएकोले मास्कलगायतको उचित प्रयोग गर्न सबैमा अनुरोध गरेको छ । यो सव–भेरियन्ट तिव्र गतिमा फैलिने सम्भावना रहेको पनि मन्त्रालयको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्