१० जिल्लामा डेंगीको प्रकोप धेरै


Bazar Dainik
28 September, 2022 7:49 pm

झापा, असोज १२ । नेपालमा अहिले डेंगीको प्रकोप बढिरहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यस वर्ष बर्खायाम लागेयता डेंगीबाट २५ हजार ४ सय ७१ जनामा संक्रमण पुष्टि भएको छ ।

७६ जिल्लामा यसको संक्रमण फैलिएकोमा सबभन्दा बढी १० जिल्लामा यसको प्रकोप देखिएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार काठमाडौं, ललितपुर, मकवानपुर, दाङ, भक्तपुर, धादिङ, रूपन्देही, गुल्मी, चितवन र कैलाली गरी १८ हजार १ सय ६५ जना संक्रमित छन् ।

जुन ८६ प्रतिशतभन्दा बढी हो । तीमध्ये काठमाडौंमा ८१३२, ललितपुरमा ४३७७, मकवानपुरमा १७१७, दाङमा १२५२ जनामा संक्रमण देखिएको छ ।

पछिल्लो तथ्यांक अनुसार डेंगीबाट ३२ जनाको मृत्यु भएको छ । गत ४ हप्तामा २१ हजार बढीमा डेंगी संक्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया दिनुहोस्