झापामा दुई नाबालिकालाई बलात्कार गरेको आरोपमा पुरोहित पक्राउ


Bazar Dainik
16 September, 2022 7:59 pm

झापा, भदौ ३१ । झापाको अर्जुनधारा –१० का ११ र १७ वर्षका दुई नाबालिका दिदीबहिनीलाई मेचीनगर १२ धाइजनका एक ७३ वर्षीय बृद्ध पुरोहितले यजमान गर्न जाँदा बलात्कार गरेको खुलेको छ । त्यस आरोपमा यजमान पेशा गर्ने मेचीनगर १२ धाइजनका कपिलमणि पौडेल पक्राउ परेका छन् ।

उनलाई गएराति इलाका प्रहरी कार्यालय बिर्तामोडले पक्राउ गरेको डिएसपी रुगमबहादुर कुँवरले बताए । पीडितमध्ये १७ वर्षकी नाबालिका गर्भवती रहेकी छिन् । उनमा करिब दुई महिनाको गर्भ रहेको बताइएको छ ।

यजमान पेशा गर्ने पौडेल सोह्र श्राद्ध, पुराणलगायतका कर्मकाण्ड गर्न अर्जुनधारा जाने गरेका थिए । त्यसक्रममा उनले ११ र १७ वर्षका दुई नाबालिका दिदीबहिनीलाई बलात्कार गरेको घटना सार्वजनिक भएको हो ।

करिब ६–७ महिनादेखि पौडेलले त्यस्तो कुकर्म गर्दै आएको प्रहरी अनुसन्धानबाट खुलेको छ । सम्बन्ध विच्छेदपछि आमा विदेश गएकी र बाबु काम गर्न बाहिर जाँदा ती बालिकाहरु मात्र घरमा रहने गरेका थिए ।

पौडेलसंग उनीहरुको चिनजान रहेको पाइएको डिएसपी कुँवरले बताए । पौडेललाई अदालतमा म्याद थप गरी इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखेर अनुसनधान बढाइएको उनले बताए । ती पीडित बालिकाहरुलाई आफन्तको जिम्मा लगाइएको छ ।

प्रतिक्रिया दिनुहोस्