काठमाडौं महनगरपालिकाका तीन वटा क्यासिनोले तिरे मनोरञ्जन कर
काठमाडौँ, भदौ २४ । काठमाडौं महनगरपालिकाका तीन वटा क्यासिनोहरूले मनोरञ्जन कर तिरेका छन् । महानगरले सात दिने अल्टिमेटम दिएपछि तीन वटा क्यासिनोले मनोरञ्जन कर तिरेको महानगरका सह–प्रवक्ता महेश काफ्लेले जानकारी दिए ।
उनका अनुसार सोल्टी होटल र मल्ल होटलको क्यासिनोले मनोरञ्जन कर तिरेका हुन् । यी दुई क्यासिनोले ३० लाख कर तिरेका हुन् । बुधबारै मेरियट होटलले १९ लाख रुपैयाँ मनोरञ्जन कर बुझाएको थियो ।