विराटनगरमा खुल्दै पाँच तारे होटल


Bazar Dainik
9 September, 2022 3:30 pm

झापा, भदौ २४ । विराटनगरको भृकुटी चोकमा डेढ अर्ब लगानीमा ‘लेमन ट्रि प्रिमियर’ पाँच तारे होटल खुल्ने भएको छ । शुभ इन्टरनेशल हस्पिटालिटी प्रालिले विराटनगरमा १ अर्ब ५१ करोड ६० लाख रुपैयाँ लगानीमा पाँच तारे होटल खोल्ने भएको हो ।

कम्पनीअनुसार सन् २०२२ को अप्रिल मध्यसम्ममा ३७ प्रतिशत भौतिक तथा आर्थिक प्रगति भएको जनाएको छ । उक्त होटल भारतको सिमानामा भएकाले भारतीय पर्यटकलाई आकर्षित गर्ने कम्पनीको भनाइ छ । होटलमा ८० वटा कोठाको व्यवस्था हुनेछ ।

होटल व्यवस्थापनको लागि भने कारनेशन होटल प्रालिसँग सम्झौता भएको छ । कविन श्रेष्ठको २५ प्रतिशत, विनयकुमार चौधरी अग्रवालको ३० प्रतिशत, सितादेवी चौधरी अग्रवालको ४० प्रतिशत र गंगा खतिवडाको ५ प्रतिशत स्वामित्व छ । कम्पनीको अध्यक्ष कविन श्रेष्ठ हुन् ।

प्रतिक्रिया दिनुहोस्