सानिमा माई हाइड्रोपावरले नगद लाभांश मात्रै दिने


Bazar Dainik
6 September, 2022 3:22 pm

झापा, साउन २१ । सानिमा माई हाइड्रोपावर कम्पनीले लाभांश घटेको छ । गत आर्थिक वर्षका कम्पनीले ५.२६३२ नगद लाभांश दिने प्रस्ताव अघि सारेको छ ।

आर्थिक वर्ष २०७७/७८ का लागि १० बोनस सेयरसहित कुल १०.५२६३ प्रतिशत लाभांश बाँडेको थियो । कम्पनीले आर्थिक वर्ष २०७८/७९ को वितरणयोग्य सञ्चित मुनाफाबाट कायम चुक्ता पुँजीको ५.२६३२ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।

हाल कम्पनीको चुक्ता पुँजी ३ अर्ब ८ करोड ९२ लाख रुपैयाँ छ । यसको ५.२६३२ प्रतिशत १६ करोड २५ लाख रुपैयाँ कम्पनीले गत आर्थिक वर्षका लागि नगद लाभांश दिनेछ ।

लाभांश कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीले पाउनेछन् । कम्पनीको ११औं साधारणसभा कात्तिक २ मा हुँदैछ ।

साधारणसभा र लाभांश प्रयोजनका लागि कम्पनीले असोज १२ गते बुक क्लोज गर्दैछ। जसअनुसार असोज ११ गतेसम्म कायम सेयरधनी मात्र साधारणसभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्