नर्सको सारथि बन्दै नर्सिङ सोसाइटी


Bazar Dainik
24 August, 2022 5:53 pm

काठमाडौँ, भदौ ८ । पछिल्लो समय नर्सिङ गरेका विद्यार्थीको रोजाईमा नर्सिङ सोसाइटी नेपाल पर्ने गरेको छ । नाम चलेका संस्थाले गुणस्तरीय कोचिङ शिक्षा नदिएको भन्दै नर्सिङका विद्यार्थीको रोजाइमा नर्सिङ सोसाइटी नेपाल परेको हो ।

नर्सिङको मात्र कक्षा सञ्चालन गर्दै आएको सोसाइटीले बि.ए.एस.कमन इन्ट्रासमा लगातार टपरहरुको नाम निकाल्न सफल देखिन्छ । सोसाइटीले एम.एन.र बि.एन. कमन इन्ट्रान्स, नर्सिङ अधिकृत, संघ तथा प्रदेशका नर्सिङ लोकसेवा आयोग तयारी कक्षा सञ्चालनमा ल्याएको छ । त्यस्तै समय समयमा तालिम पनि सञ्चालन गर्दै आएको छ ।

चिकित्सा शिक्षा आयोगले एकीकृत प्रवेश परीक्षा प्रणाली लागू गरेसँगै तयारी कक्षा लिनेहरुका लागि नर्सिङ सोसाइटी नेपाल हजारौँको सारथि बनेको छ । छात्रावृतिमा अध्ययनको अवसर प्राप्त गर्न प्रवेशिका परीक्षामा ठूलै प्रतिस्पर्धा हुने गरेको छ ।

घरमै बसेर अध्ययन गर्न सकिने हुनाले नर्सिङ सोसाइटी नेपालमा आर्कषण बढेको सोससाइटीकी अध्यक्ष बिमला सुब्बा घिमिरे बताउँछिन् । ‘हामीले शुल्कभन्दा गुणस्तरीय सेवालाई प्राथमिकतामा राखेका छौँ’ उनले भनिन्, ‘मलाइ नर्सहरु बेरोजगार छन भनेको सुन्दा दुःख लाग्छ ।’ सोसाइटीले नर्सिङ लाइसेन्स तर्फ शतप्रतिशत नतिजा निकाल्दै आएको उनी बताउँछिन् ।

प्रतिक्रिया दिनुहोस्