कुचो संघको अध्यक्षमा कार्की


Bazar Dainik
21 August, 2022 3:54 pm

झापा, भदौ ५ । नेपाल कुचो संघ केन्द्रीय समितिको प्रथम अधिवेशनबाट दोस्रो कार्यकालका लागि अध्यक्षमा राजकुमार कार्की सर्वसम्मत भएका छन् । काठमाडौँमा भएको अधिवेशनमा दोस्रो कार्यकालका लागि अध्यक्षमा चयन भएका हुन् ।

अधिवेशनबाट बरिष्ठ उपाध्यक्षमा ख्याम पोखरेल (झापा), उपाध्यक्षमा मातृका घिमिरे (इलाम), रविन्द्र खड्का (काठमाडौँ) र सुबास बोलखे (काठमाडौँं) चयन भएका छन् । त्यस्तै महासचिवमा धनपति पोखरेल (काठमाडौँ) र कोषाध्यक्षमा रुष्मा खतिवडा (काठमाडौँ) चयन भएका छन् ।

अध्यक्षमा निर्वाचित कार्की

संघको सदस्यमा सुरेश चौधरी, देवनारायण चौधरी, बमबहादुर तामाङ, मनोज शाह, रोहित शाह, राजकिशोर चौधरी, राम आचार्य, प्रल्हाद शाह, आइतराज लिम्बू, गीता भट्टराईलगायत २१ जना कार्यसमितिमा चयन भएका छन् ।

नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई वरिष्ठ अधिवक्ता तथा निर्वाचन अधिकृत कुमारमणि अधिकारीले सपथ गराए । यसै अधिवेशनले प्रदेश १ का अध्यक्षका लागि मधुमल्लाका हेमचन्द्र बोहोरालाई चयन गरेको छ ।

पुनः अध्यक्ष पदका लागि चयन भएका कार्कीले आफ्नो कार्यकालमा देशभर रहेका सबै अम्लिसो किसान तथा व्यवसायीको समाधानका लागि सरकारसँग समन्वय गर्ने बर्ता । अध्यक्ष कार्कीले भारत, बंगलादेश, थाइल्याण्डमा कुचोको निर्यात बढाउने प्रतिवद्धता जनाए ।

प्रतिक्रिया दिनुहोस्