फोहोर व्यवस्थापनका लागि जापानसँग सहयोग मागेको छु – प्रचण्ड


Bazar Dainik
10 August, 2022 5:36 pm

काठमाडौँ, साउन २५ । पाँच दिने जापान भ्रमणका क्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूले फोहोर व्यवस्थापनका लागि जापानसँग सहयोग मागेको बताएका छन् । जापान भ्रमण सकेर बुधबार त्रिभुवन विमानस्थलमा उत्रिएका उनले पत्रकार सम्मेलन गर्दै यस्तो बताएका हुन् ।

‘फोहोर व्यवस्थापनमा संसारकै अग्रणी रहेछ जापान । फोहोर व्यवस्थापमा तत्काल सघाउन भनेका छौँ’, उनले भने, ‛कहीँ कतै फोहोर देखिँदो रहेनछ जापानमा । तत्काल फोहोर व्यवस्थापनमै सहयोग चाहियो भनेको छु ।’

प्रचण्डले जलविद्युत् र कृषिमा पनि लगानी सहयोग माग गरेको बताएका छन् । ‛निकै राम्रो वातावरणमा एकअर्काको सहयोग अभिवृद्धिका लागि कुरा भएको छ’, उनले भने, ‛विकास साझेदारमा जापान नेपालको अग्रणी देश हो । जापानले गरेको सहयोगमा हामीले आभार प्रकट गरेका छौँ ।’

प्रतिक्रिया दिनुहोस्