जापानका पूर्व प्रधानमन्त्री आबेलाई गोली हानेको आरोपमा एक पुरुष पक्राउ, आबेको अवस्था गम्भीर


Bazar Dainik
8 July, 2022 12:43 pm

झापा, असार २४ । शुक्रबार विहान जापानको पश्चिम शहर नाराको चुनावी कार्यक्रममा सहभागी हुनुभएका जापानका पूर्व प्रधानमन्त्री शिन्जो आबेमाथि गोली प्रहार गर्ने एकजनालाई पक्राउ गरिएको छ ।

आबेले भाषण गरिरहेका बखत पछािडबाट गोली हान्ने ४१ वर्षीय यामागामी तेत्सुयालाई प्रहरीले बन्दुकसहित पक्राउ गरेको हो । गोली प्रहारबाट घाइते आबेको अवस्था गम्भीर रहेको बताइएको छ ।

घाइते आबेको तत्कालै हेलिकप्टरमार्फत् उपचारका लागि अस्पताल लगिएको थियो । उनलाई काशीहारा शहरको नारा मेडिकल विश्वविद्यालयमा उपचार भैरहेको छ ।

यही जुलाई १० तारिखमा हुने माथिल्लो सदनको चुनावी अभियान अन्तर्गत नारामा लिबरल डेमोक्रेटिक पार्टीका उम्मेदवारको प्रचारमा उनी सक्रिय थिए । लामो समयसम्म जापानको प्रधानमन्त्री बनेका शिन्जोले कोरोना महामारीमा जनअपेक्षा अनुसार आफूले काम गर्न नसकेको भन्दै प्रधानमन्त्रीबाट राजीनामा दिएका थिए ।

कोरोना महामारीको समयमा स्वदेशी साथै वैधानिक रुपमा आफ्नो देशमा रहेका विदेशी नागरिकलाई प्रतिव्यक्ति एक लाख रुपैयाँ उपलब्ध गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्