राजीनामा पश्चात आलेले भने –एक्सन मन्त्रीको उपमा पाएँ


Bazar Dainik
26 June, 2022 6:20 pm

झापा, असार १२ । संकृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री प्रेमबहादुर आलेले मन्त्री पदबाट राजीनामा दिएका छन् । मन्त्री आलेले राजीनामा पश्चात पत्रकार सम्मेलन गरी आफू ९० प्रतिशत सफल भएको दाबी गरेका छन् ।

एकीकृ समाजवादीले आलेसहित चारमन्त्रीलाई फिर्ता बोलाएको छ भने नयाँ टिम पठाएको छ । त्यसअनुसार प्रधानमन्त्रीले मन्त्रिपरिषद् पुनर्गठन गर्नुअघि आइतबार पत्रकार सम्मेलन गरेका आलेले आफू सफल भएको दाबी गरेका छन् ।

कार्यकाल कति सफल भयो भनेर कसैले सोधे आफ्नो उत्तर ९० प्रतिशत हुने उनले बताए । आफूले एक्सन मन्त्रीको उपमा समेत पाएको भन्दै उनले भनेका छन्, मैले यो अवधिमा ९० प्रतिशत अंक ल्याएको ठानेको छु ।’

प्रतिक्रिया दिनुहोस्