वाणिज्य बैंकमा एकै दिनमा घट्यो ८ अर्ब निक्षेप


Bazar Dainik
26 June, 2022 12:36 pm

झापा, असार १२ । एकै दिन वाणिज्य बैंकमा निक्षेप ८ अर्ब रुपैयाँले घटेको छ । नेपाल राष्ट्र बैंकका अनुसार बुधबारसम्म ४३ खर्ब ९८ अर्ब रुपैयाँ रहेकोमा बिहीबार ८ अर्ब रुपैयाँले घटेर ४३ खर्ब ९० अर्बमा सिमित भएको छ ।

बिहीबारसम्म आइपुग्दा वाणिज्य बैंकबाट हुने कर्जा लगानी ४१ खर्ब ७८ अर्ब रुपैयाँ रहेको छ । बुधबार वाणिज्य बैंकले गर्ने कर्जा लगानी ४१ खर्ब ७८ अर्ब रुपैयाँ नै रहेको थियो ।

बिहीबारसम्म आइएपुग्दा वाणिज्य बैंकको सिडी रेसियो (कर्जा–निक्षेप) अनुपात) ८९.५२ प्रतिशत रहेको छ । बुधबार ८९.३९ प्रतिशत रहेको थियो । बुधबारको तुलनामा बिहीबार सिडी रेसियो बढेको छ । यस्तै बैंकहरुको अन्तर बैंक ब्याजदर ७ प्रतिशतमा स्थिर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्