प्रदेश –१मा अलैंची, चिया, सुपारी, अदुवा र रुद्राक्षको बजारीकरणका लागि ५ करोड बजेट विनियोजन


Bazar Dainik
17 June, 2022 2:57 pm

झापा, जेठ ३ । प्रदेश १ ले आगामी आर्थिक वर्षका लागि ३९ अर्ब ७३ करोड ८३ लाख बजेट पेश गरेको छ । प्रदेश १ ले पनि कृषि क्षेत्रको रुपान्तरण, व्यवसायीकरण र विविधिकरणमा बढी प्राथमिकता राखेको छ । जसमा प्रदेशले १० वर्षे कृषि विकासको रणनीति अपनाएको छ ।

प्रदेश १ ले मुख्य खाद्यान्न उत्पादन कार्यक्रमलाई प्राथमिकतामा राखेर १३ करोड ५० लाख, प्राङ्गारिक मलका लागि १ करोड ५० लाख, बाली र पशुपन्छी अनुदान उपलब्ध गराउन ३ करोड, नव प्रवर्तन कृषि कार्यक्रमका लागि ब्याज अनुदानका लागि ९ करोड, कृषि व्यवसायिकरण र औद्योगिकीकरण गर्न १३ करोड र अदुवा, अलैंची, चिया, सुपारी, रुद्राक्ष आदिको मूल्य अभिवृद्धि र बजार प्रवद्र्धन गर्न ५ करोड बजेट विनियोजन गरेको छ ।

त्यस्तै, प्रदेश १ ले दूध उत्पादन गर्ने किसानलाई प्रतिलिटर दुई रुपैयाँको दरले किसानलाई सोझै प्राप्त हुने गरे अनुदानको व्यवस्था गरेको छ । साथै, उत्पादनमा आधारित प्रोत्साहन अनुदान उपलब्ध गराउन १२ करोड ४५ लाख बजेट विनियोजन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्