प्रदेश – १ले बढायो मोटरसाइकलमा कर
झापा, जेठ ३ । प्रदेश १मा सवारी कर बढेको छ । प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेट घोषण गर्दै सवारी कर बढाएको हो ।
प्रदेशले १ सय २५ सीसीको मोटरसाइकलमा एक सय रुपैयाँ कर बढाउन प्रस्ताव गरेको छ । यसअघि १ सय २५ सीसीको मोटरसाइकलको वार्षीक कर दुई हजार ८०० रुपैयाँ निर्धारण गरिएको थियो । अब ३ हजार रुपैयाँ तिर्नु पर्ने छ ।
१ सय २६ देखि २ सय ६० सिसीसम्मका मोटरसाइकल तथा स्कुटरमा पाँच सय शुल्क घटाउन प्रस्ताव गरेको प्रदेश सरकारले १ सय ६१ देखि २ सय ५० सिसीसम्मको मोटरसाइकलमा एक हजार रुपैयाँ बढाउन प्रस्ताव गरेको छ ।
यसअघि १ सय २६ देखि २५० सीसीसम्मको मोटरसाइकलको वार्षिक कर ४ हजार ५०० निर्धारण गरिएको थियो । नयाँ व्यवस्था अनुसार अब १ सय २६ देखि १ सय ६० सीसीसम्मको मोटरसाइकल तथा स्कुटरमा ४ हजार र १ सय ६१ देखि २ सय ५० सीसीसम्मका मोटरसाइकलको वार्षिक कर ५ हजार ५०० रुपैयाँ तोकिएको छ ।
सरकारले २ सय ५१ देखि ४ सय सिसिसम्मका मोटरसाइकलमा एक हजार र ४ सय १ सीसी देखिमाथिका मोटरसाइकलको कर एक हजार पाँच सय रुपैयाँ बढाएर १० हजार रुपैयाँ बनाइएको छ । ४ सय सीसी भन्दामाथिको मोटरसाइकलको कर १८ हजार रुपैयाँ कायम गरिएको छ ।
प्रदेश सरकारले बजेट मार्फत साना चार पांग्रे सवारी साधनको कर पनि बढाएको छ । १ हजार सीसीसम्मको कार, जीप, भ्यान र माइक्रोबसको कर एक हजार एक सय बढाएर २२ हजार ५०० बनाइएको छ । अटो रिक्सा, टेप्पो, ट्याक्टर, पावर टिलर, डोजर, एक्साभेटर, लोडर रोलरलगायत सवारीको वार्षिक करमा पाँच सयदेखि तीन हजारसम्म बढेको छ ।