स्वास्थ्यमा ३ अर्ब बजेट, मेची अस्पतालमा न्यूरो सर्जरी सेवा


Bazar Dainik
15 June, 2022 6:06 pm

झापा, असार १ । प्रदेश १ सरकारले स्वास्थ्य क्षेत्रमा ३ अर्ब ६७ करोड ७७ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । देशसभामा बुधबार बजेट प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले यस्तो जानकारी गराएका हुन् ।

प्रदेश मातहतको अस्पतालहरूको स्तरउन्नती गरिने भएको छ । त्यसको लागि २५ करोड ५० लाख रुपैयाँ विनियोजन गरिएको मन्त्री आङबोले जानकारी दिए ।

झापाको मेची अस्पतालमा न्यूरो सर्जरी सेवा सुरु गरिने भएको छ । प्रदेश अस्पताको लागि रुपमा विस्तार गरिनेछ । स्तरउन्नतीको लागि १८ करोड बजेट विनियोजन गरिएको छ ।

यसैगरि आर्थिक वर्ष कलम गाउँपालिकमा ५० शैय्याको आयुर्वेदिक अस्पताल निर्माण गरिने भएको छ । एक वडा एक बर्थिङ सेन्टरको लागि चार करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

मोरङको उर्लाबारी ३ मंगलबारेमा रहेको मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर स्थर उन्नती गरिने भएकोछ । त्यसको लागि २५ करोड रुपैयाँ बजटे विनियोजन गरिएको छ । चालु आर्थिक वर्षदेखि मदन भण्डारी ट्रमा सेन्टरमा सिटी स्क्यानसहितको सेवा प्रराम्भ गरिने भएको छ ।

प्रतिक्रिया दिनुहोस्