प्रदेश –१मा निर्वाचन क्षेत्र विशेष कार्यक्रमका लागि ९० करोड बजेट


Bazar Dainik
15 June, 2022 5:52 pm

झापा, असार १ । प्रदेश सरकारले निर्वाचन क्षेत्र विशेष कार्यक्रमका लागि ९० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । विगतमा प्रत्यक्ष निर्वाचित र समानुपातिक सांसदहरुका लागि फरक फरक व्यवस्था भएपनि आगामी आर्थिक वर्षका लागि समान रकम विनियोजन गरिएको छ ।

प्रदेशसभामा रहेका ९० जना सांसदले एक करोडका दरले खर्च गर्ने गरी बजेट विनियोजन गरिएको हो । आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले निर्वाचन क्षेत्र विशेष कार्यक्रममा सबै प्रदेशसभा सदस्यहरुको समान भूमिका रहने घोषणा गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्