एक्सेल बैंकद्वारा सेयर लगानीकर्ताका लागि लाभांश घोषणा


Bazar Dainik
14 June, 2022 11:29 am

झापा, जेठ ३१ । एक्सेल डेभलपमेन्ट बैंकले सेयर लगानीकर्ताका लागि लाभांश घोषणा गरेको छ । बैंकले आफ्ना लगानीकर्तालाई ८.९५ प्रतिशत लाभांश दिने भएको छ ।

हाल कायम रहेको चुक्ता पुँजीको ८.५० प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.४५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत गरेर बैंकको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्ताले पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्