चामलको निर्यात रोक्ने तयारीमा भारत


Bazar Dainik
27 May, 2022 6:40 pm

काठमाडौँ, जेठ १२ । बढ्दो महंगीलाई कारण देखाउँदै भारतले चामलको निर्यात पनि रोक्न सक्ने भारतीय मिडियाले बताएका छन् । यसअघि नै भारतले गहुँ र चिनीको निर्यात रोकिसकेको छ । नवभारत टाइम्सका अनुसार अहिले नै चामल निर्यातमा प्रतिबन्ध लगाउने कुनै योजना बनिसकेको छैन ।

भारत विश्वमा धेरै चामल निर्यात गर्ने देश हो । भारतले १ सय ५० भन्दा बढी देशमा चामल निर्यात गर्दै आएको छ । गत १४ मेमा गहुँमा भारतले निर्यातमाथि रोक लगाएको थियो । त्यसलगत्तै चिनीमाथि रोक लगाएको भारतले चामल पनि रोक्न सक्ने आशंका बढेको भारतीय मिडियाहरुको भनाइ छ ।

तर, चामलको पर्याप्त भण्डारण रहेका कारण तत्काल भारत सरकारले कुनै योजना नबनाएको सरकारी स्रोतलाई उद्धृत गर्दै समाचारमा जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्