मेचीनगरको प्रमुख र उपप्रमुख एमाले विजयी


Bazar Dainik
24 May, 2022 8:46 am

झापा, जेठ १० । झापाको मेचीनगर नगरपालिकामा एमालेका उम्मेदवार गोपालचन्द्र बुढाथोकी प्रमुख पदमा विजयी भएका छन् । त्यस्तै उपप्रमुखमा पनि एमालेकै मिना उप्रेती विजयी भएका हुन् ।

प्रमुख पदमा एमालेका बुढाथोकीले २६ हजार ४७८ मत पाएर विजयी बन्दा कांग्रेस उम्मेदवार इन्द्रवहादुर बुढाथोकीले २१ हजार ३११ मत पाए ।

एमालेका बुढाथोकीले प्रदेश संसद पदबाट राजिनामा दिएरमा नगर प्रमुखमा उम्मेद्वारी दिएका थिए । उपप्रमुखमा एमालेकी उप्रेती पुनः दोहोरिएकी छन् ।

उनले २१ हजार ५९० मत पाउँदा गठवन्धनका माओवादी उम्मेदवार प्रकाश भण्डारीले १२ हजार ८१८मत पाए । राप्रपाकी सविना बजगाँई तेस्रो भइन् । उनले ९ हजार ८८० मत पाइन् ।

२०७४ को निर्वाचनमा नेपाली कांग्रेसका विमल आचार्य २० हजार ७ सय ७६ मत ल्याएर विजयी भएका थिए । यसपटक भने कांग्रेसभित्रको आन्तरिक द्वन्द्वका कारण पनि पराजय भोग्नु परेको अनुमान एक कांग्रेस नेताको भनाई छ । कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माको गृहनगरमै कांग्रेस पराजित भएको हो ।

प्रतिक्रिया दिनुहोस्