जेठ १० मा सरकारको नीति तथा कार्यक्रम सार्वजनिक हुने


Bazar Dainik
21 May, 2022 12:23 pm

झापा, जेठ ७ । सरकारको नीति तथा कार्यक्रम आगामी जेठ १० गते सार्वजनिक हुने भएको छ । उद्योग वाणिज्य तथा आपुर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले जेठ १० गते नीति तथा कार्यक्रम आउने जानकारी दिए ।

सरकारले उत्पादनमुलक उद्योगलाई संरक्षण गर्ने गरी नीति तथा कार्यक्रम बनाउन लागेको बडू बताउँछन् । बजेट निर्माणका लागि निजी क्षेत्रसँग नियमित छलफलमा गरिरहेको उनले बताए ।

नीति तथा कार्यक्रममा आगामी आर्थिक वर्षमा सरकारका प्राथमिकताहरु समेटिने गर्छन् । सरकारले वार्षिक बजेट सार्वजनिक गर्नुभन्दा पहिला नीति तथा कार्यक्रम सार्वजनिक गर्ने अभ्यास रहेको छ ।

सरकारको नीति तथा कार्यक्रम राष्ट्रपतिले सार्वजनिक गर्ने संवैधानिक व्यवस्था छ । संसद सचिवालयका प्रवक्ता रोज पाण्डेले जेठ १० गते राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा नीति तथा कार्यक्रम सार्वजनिक गर्ने गरि तयारी भइरहेको जानकारी दिए ।

सरकारले जेठ ७ गते नीति तथा कार्यक्रम सार्वजनिक गर्ने तयारी गरेको थियो । तर, पर्याप्त तयारी नपुगेको भन्दै १० गतेलाई सारिएको हो ।

प्रतिक्रिया दिनुहोस्