कनकाईमा एमालेको अग्रता


Bazar Dainik
16 May, 2022 8:55 am

झापा, जेठ २ । झापाको कनकाई नगरपालिकामा नेपका एमालेले अग्रता लिएको छ । कनकाईमा पहिलो पटक एमालेले अग्रता लिएको हो ।

मेयर पदमा जेब्रा चिन्हका शेरबहादुर थापालाई एमालेका राजेन्द्र पोखरेलले अग्रता लिएका छन् । पछिल्लो मत परिणम अनुसार एमालेका राजेन्द्र पोखरेलले ३९४० मत ल्याएका छन् भने जेब्राकाका शेरबहादुर थापाले ३८६४ मत ल्याएका छन् । थापा कांग्रेसका बाघि उम्मेदवार हुन् ।

कनकाईमा कांग्रेस सुरुवाति चरणदेखि नै तेस्रो स्थानमा रहेको छ । कांग्रेसले २४३३ मत ल्याएको छ । उपप्रमुखमा कांग्रेसकी आशा शर्माले अग्रता लिएकी छन् । शर्माले ४५५५ मत ल्याएकी छन् भने एमालेकी सञ्जु प्रसाईँले ४२७० मत ल्याएकी छन् ।

प्रतिक्रिया दिनुहोस्