बिर्तामोडमा सुरु भयो मतगणना
बिर्तामोड, वैशाख ३१ । झापाको बिर्तामोडमा मतगणना सुरु भएको छ । गए राति बसेको सर्वदलीय बैठकको सहमति अनुसार बिर्तामोड –१ बाट मतगणना सुरु गरिएको हो ।
बिर्तामोडमा ४१ हजार ४४ मत खसेको थियो । यो मत कुल मतको ७१.४९ प्रतिशत रहेको निर्वाचन अधिकृतले जनाएका छन् ।