झापा साथै देशभर सुरु भयो मतदान


Bazar Dainik
13 May, 2022 7:43 am

झापा, वैशाख ३० । झापाको बिर्तामोडमा पाँच वर्षका लागि स्थानीय तहका जनप्रतिनिधि चुन्न निर्वाचन सुरु भएको छ । बिर्तामोड साथै देशैभर मतदान सुरु भएको निर्वाचन आयोगले जानकारी दिएको छ । मतदान साँझ ५ बजेसम्म जारी हुनेछन ।

भक्तपुरको श्री राम प्रा. वि मतदान केन्द्र । तस्बिर : बजार दैनिक ।

६ महानगरपालिका, ११ उपमहानगरपालिका, २७६ नगरपालिका र ४६० गाउँपालिका गरी ७५३ स्ठानीय तह र ६७४३ वडाका ३५ हजार २२१ जनप्रतिनिधि चयन गर्न आज मतदान हुँदैछ ।

गठबन्धनका तर्फबाट दमक नगरपालिकाकी उपमेयरकी उम्मेदवार रेगिना भट्टराई मतदान गर्दै । तस्बिर : तिर्थराज बस्नेत ।

कपिलवस्तुको महाराजगंज नगरपालिका र दाङको तुलसीपुर उपमहानगरपालिकाको एक वडासहित केही ठाउँमा भने आज मतदान हुनेछैन ।

झापाको बिर्तामोडमा मतदानका लागि लाइनमा बसेका नागरिक । तस्बिर : सन्तोष अग्रवाल ।

उम्मेदवारको मृत्यु भएका कारण ती ठाउँमा छुट्टै मिति तय गरी निर्वाचन प्रकृया सुरु गरएको छ । ती ठाउँमा केही दिनपछि मात्रै मतदान हुनेछ ।

झापाको बिर्तामोड ४ मा नेकपा एमाले र गठबन्धनका तर्फबाट वडाध्यक्षका उम्मेदवार मतदान केन्द्रमा । तस्बिर : सन्तोष अग्रवाल ।

यसपटक मतदान गर्ने योग्य व्यक्ति एक करोड ७७ लाख ३३ हजार ७२३ जना रहेका छन् । जसमध्ये ८९ लाख ९२ हजार १० पुरुष छन् भने ८७ लाख ४१ हजार ५३० महिला, र १८३ अन्य छन् ।

भक्तपुरको श्री राम प्रा. वि मतदान केन्द्र । तस्बिर : बजार दैनिक ।

देशभरका सबै मतदान केन्द्रमा सुरक्षितरुपमा मतदान गर्ने व्यवस्था मिलाइएको छ । निर्वाचन सुरक्षाका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनासहित साढे दुई लाख सुरक्षाकर्मी खटाइएको छ ।

निर्वाचनका कारण सुनसान बनेको काठमाडौँ । तस्बिर : बजार दैनिक ।
बारा जिल्लास्थित मतदान केन्द्र । तस्बिर : बजार दैनिक ।

प्रतिक्रिया दिनुहोस्