आजै अस्पतालबाट फर्कदै राम थापा


Bazar Dainik
12 May, 2022 6:59 pm

झापा, वैशाख २९ । दमकमा गठबन्धबाट मेयरका उम्मेदवार बनेका राम थापा स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना भएका थिए । बिहीबार धरानस्थित विपी कोइराल स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना भएका थापालाई अस्पतालले आजै डिस्चार्ज दिने भएको छ ।

थापाको स्वास्थ्यमा सुधार आएसँगै आजै डिस्चार्जको तयारी गरिएको उनका छोरा अभिषेक थापाले बजार दैनिकलाई जानकारी दिए । ‘डाक्टरले बुबालाई एपेन्डिसाइटिस भएको जनाउनु भएको छ’ उनले भने, ‘तत्काललाई शल्यक्रिया नगर्ने गरी औषधि गरेर फर्किने तयारी गरिरहेका छौँ ।’

थापा सत्तारूढ दलहरूसगँ गठबन्धन गरी झापाको दमकमा मेयर उम्मेदवार बनेका राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता हुन् ।

प्रतिक्रिया दिनुहोस्