झापाका संवेदनशिल मतदानस्थलको अनुगमन


Bazar Dainik
12 May, 2022 11:18 am

झापा, वैशाख २९ । प्रदेश– १ सुरक्षा समितिद्वारा झापाका संवेदनशिल मतदानस्थलको अनुगमन गरिएको छ । प्रदेश प्रमुख सचिव डा. रामप्रसाद घिमिरेको संयोजकत्वमा प्रदेश सुरक्षासमितिका पदाधिकारीहरुबाट झापा जिल्ला अन्तर्गत कचनकवल गाँउपालिका र हल्दीवारी गाँउपालिका क्षेत्रका अति संबेदनशिल मतदानस्थल तथा मतगणनास्थलहरुको स्थलगत अनुगमन गरेको हो ।

आन्तरिक मामिला मन्त्रालयका सचिव कालीप्रसाद पराजुली, प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक अरुण कुमार बिसी, सशस्त्र प्रहरी नायव महानिरीक्षक कमल गिरी, राष्ट्रिय अनुसन्धानका अनुसन्धान निर्देशक, नेपाली सेना २ नं बाहिनी ईटहरीका निमित्त बाहिनिपति समेतको टोलीले अनुगमन गरे सगै जिल्ला सुरक्षा समितीका पदाधिकारीहरुसंग जिल्ला प्रशासन कार्यालय झापाको सभाहलमा निर्वाचन सुरक्षा सम्बन्धी अन्तरक्रियात्मक छलफल कार्यक्रम समेत गरेको छ ।

उक्त छलफल कार्यक्रममा प्रदेश प्रमुख सचिवले सबै सुरक्षा निकायहरुले सामुहिक र परस्पर समन्वय एवम् सहकार्यबाट स्थानिय तहको निर्वाचन २०७९ लाई सुरक्षित, निष्पक्ष र भय रहित वातावरणमा सम्पन्न गराउन आ–आफ्नो स्थानबाट उत्कृष्ठ कार्य सम्पादन गर्न निर्देशन दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्