सन्दकपुरमा एमालेका गाउँपालिका अध्यक्षका उम्मेदवार प्रहरीको नियन्त्रणमा


Bazar Dainik
12 May, 2022 10:41 am

झापा, वैशाख २९ । नेकपा (एमाले) सन्दकपुर गाउँपालिकाको अध्यक्ष पदका उम्मेदवार उदय राईलाई स्थानीयवासीले नियन्त्रणमा लिएका छन् । बुधबार राति गाउँपालिकाको वडानम्बर ५ को जमुनामा पुगेका उनलाई आर्थिक चलखेल गर्न लागेको आरोपमा नियन्त्रणमा लिइएको स्थानीयवासीको भनाइ छ ।

उनीसहित वडासदस्य पदकी उम्मेदवार सीता कार्कीलाई समेत स्थानीयवासीले नियन्त्रणमा लिएका हुन् । मौन अवधिमा दुवै जनालाई प्रचार–प्रसारको काममा लागेको आरोपमा स्थानीयवासीले नियन्त्रणमा लिएको र होहल्ला गर्दै लखेट्न थालेपछि सुरक्षाका लागि उम्मेदवारलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।

जिल्लास्थित सशस्त्र प्रहरी बलका प्रमुख सुरेश सापकोटाले असुरक्षित हुने देखिएपछि सुरक्षाका लागि राखिएको बताए ।
मौन अवधिमा उम्मेदवार राईले मतदाताहरूलाई पैसालगायतका प्रलोभनमा पार्न लागेको भन्दै स्थानीयवासीहरूले विरोध गरेका थिए । आचारसंहिता उल्लङ्घन गरेको भन्दै उनलाई कारबाही गर्नसमेत उनीहरूले माग गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्