राष्ट्र बैंकले गर्‍यो क्रेडिट कार्डबाट हुने कारोबारमा कडाइ


Bazar Dainik
2 May, 2022 7:16 pm

काठमाडौँ, वैशाख १९ । नेपाल राष्ट्र बैंकले क्रेडिट कार्डबाट हुने कारोबारमा कडाइ गरेको छ । नेपाल राष्ट्र बैंकले भुक्तानी प्रणाली सम्बन्धी एकीकृत निर्देशन–२०७८ मा संशोधन गर्दै क्रेडिट कार्डबाट हुने कारोबारमा कडाइ गरेको हो ।

राष्ट्र बैंकका अनुसार क्रेडिट कार्डबाट कारोबार गर्दा अत्यावश्यक भएको अवस्थामा कार्डको स्वीकृत सीमाको १० प्रतिशत नगद झिक्न पाइनेछ । यस्तै, क्रेडिट कार्डमार्फत् वालेटमा लोड गरिएको रकम वस्तु तथा सेवाको विद्युतीय भुक्तानीका लािग मात्रै प्रयोग गर्नुपर्ने छ ।

उक्त रकम बैंक खातामा ट्रान्सफर गर्न र नगद झिक्न नमिल्ने अवस्थामा सम्बन्धित भुक्तानी सेवा प्रदायक संस्थाले गर्नुपर्ने छ ।
विद्युतीय वालेटमा रकम लोड गर्दा, एक वालेटबाट अर्को वालेटमा रकमान्तर गर्दा तथा अन्य विद्युतीय भुक्तानी कारोबार गर्दा अनिवार्य रुपमा प्रयोजन खुलाउनुपर्न व्यवस्था गर्नुपर्ने छ ।

प्रतिक्रिया दिनुहोस्