३४ करोड बढीको सुपारी आयात गर्दै श्रीराम


Bazar Dainik
29 April, 2022 8:05 pm

काठमाडौँ, वैशाख १६ । रुपन्देहीको श्रीराम टोबाको उद्योगले झण्डै २३ सय मेट्र्रिकटन सुपारी आयातको प्रक्रिया अघि बढाएको छ । उद्योगले उत्पादन गर्ने गुट्खाका लागि ३४ करोड ९९ लाख ५० हजार मूल्य बराबरको सुपारी आयातको प्रक्रिया अघि बढेको उद्योग विभाग स्रोतले जनाएको छ ।

जसमध्ये ५१० मेट्र्रिकटन सुपारी आयात अनुमति जारी भई प्रतीतपत्र समेत खुलिसकेको छ । उक्त परिमाणको सुपारी इण्डोनेसियाबाट खरिद गर्न लागिएको उद्योगले जनाएको छ । इण्डोनेसियामा प्रतिकिलो सुपारीको मूल्य १ सय ४७ रुपैयाँ नेपाली पर्छ ।

लामो विवादपछि गत महिना सरकारले औद्योगिक प्रयोजनका लागि सुपारी, केराउ र मरिचको आयात कोटा निर्धारण गरेको थियो । जसमध्ये श्रीराम टोबाकोले सुपारी र अन्य ७ कम्पनीले मरिच आयातका लागि प्रक्रिया सुरु गरेका थिए । डाबर नेपालले केही मात्रामा मरिच आयात थालिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्