तेक्वान्दो अन्तर्राष्ट्रिय निर्णायक ढकाललाई गृहनगरको सम्मान


Bazar Dainik
23 April, 2022 5:27 pm

काठमाडौँ, वैशाख १० । तेक्वान्दो अन्तर्राष्ट्रिय निर्णायक दीपेन्द्र ढकाललाई पनौती नगरपालिकाले सम्मान गरेको छ । पनौती नगरपालिका– ३का कुशादेवी निवासी ढकालले विभिन्न अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै राष्ट्र र जिल्लाको गौरव बढाएकोमा नगरपालिकाले सम्मानित गरेको हो ।

चैत तेस्रो साता स्पेनमा भएको रोयल स्पेनिस इन्टरनेसनल ओपन तेक्वान्दो च्याम्पियनसिपमा ढकाल उत्कृष्ट रेफ्री घोषित भएका थिए । उनले आफू जुन ठाउँबाट तेक्वान्दो खेलमा प्रवेश गरेको थिएँ, त्यही ठाउँमा सम्मानित हुन पाउँदा अत्यन्तै खुसी लागेको बताए ।

उनलाई नगरप्रमुख भीम न्यौपाने, उपप्रमुख गीता बन्जारा, वडाध्यक्ष मोहन भण्डारीलगायतले सम्मानित गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्