मेची किनारमा खरबुजा खेती : (फोटोफिचर)


Bazar Dainik
18 April, 2022 9:46 am

झापा, वैशाख ५ । झापाको मेची नदीको किनारमा गरिएको खरबुजा खेतीबाट कृषकले मनग्य आम्दानी गरिरहेका छन् । नदी छेउका बालुवा थुप्रिएका उपयोग विहीन जग्गामा उत्पादन भएको खरबुजा नेपालको काठमाडौँ, पोखरा लगायतका शहरमा बिक्री हुने गरेको खेतीमा भेटिएका कपिल मोहमदले बताए ।

पुसमा लगाइएको खरबुजाले चैत र वैशाखमा उत्पादन दिने मोहमदले बताए । यहाँ नेपाली र विहारका नागरिकले सरकारी जग्गा नगरपालिकासँग भाडामा लिएर खेती गर्ने गरेका छन् ।

पानी, मल र औषधीको मात्र मिल्ने हो भने खरबुजाबाट राम्रो आम्दानी हुने मोहमद बताउँछन् । खरबुजा टिप्ने, जोख्ने, लोड गर्न नेपाली साथै भारतीय कामदार रहेका छन् ।

पुसबाट सुरु हुने योखेती गर्दा एक बिगाहामा लगभग ६० हजार खर्च लाग्ने भए पनि असिना र बाढी नआए मनग्य आम्दानी हुने गरेको कृषकको भनाई छ ।

निकै रसिलो र शरीरका लागि निकै फलदायी मानिने खरबुजा बजारमा प्रतिकलो ४० रुपैयाँसम्म बिक्री हुनेगरेको छ ।
झापामा मेची नदी, विरिङ र कनकाई नदीको बगरमा खरबुजाखेती गरिन्छ । चक्रपथ, पाकिजा, नामधारी– ३४,२९५ र २०० तथा अगस्ता जातका हुने खरबुजामा सबै भन्दा राम्रो नामधारी– ३४ र अगस्ता मानिन्छ ।

तस्बिर : मनिषा चम्लाागाईँ ।

प्रतिक्रिया दिनुहोस्