पाँचथर उवा संघको नेतृत्व घिमिरेको हातमा


Bazar Dainik
4 April, 2022 11:40 am

झापा, चैत २१ । पाँचथर उद्योग वाणिज्य संघको अध्यक्षमा नवराज घिमिरे विजयी भएका छन् । १२ औँ अधिवेशनबाट सत्तारुढ गठबन्धनका नरेन्द्र अधिकारीलाई हराउँदै घिमिरे ७९ मतले अध्यक्षमा विजयी भएका हुन् ।

घिमिरेले मत ६ सय ५२ प्राप्त गरे, भने अधिकारीले मत ५ सय ७३ प्राप्त गरेका छन् । अधिकारी सत्ता गठबन्धनबाट काग्रेसका उम्मेदवार हुन् ।

काग्रेस, नेकपा माओवादी केन्द्र, एकिकृत समाजवादी र संघिय समाजवादी बिच गठबन्धन थियो । स्थापनादेखि पहिलो पल्ट पाँचथर उद्योग वाणिज्य संघको नेतृत्व कांग्रेसले गुमाएको हो ।

घिमिरे नेकपा (एमाले) का हुन् । एमाले र राप्रपाको गठबन्धन थियो । पदाधिकारीमा सत्ता गठबन्धनका बहुमत उम्मेदवार विजयी भएका छन् ।

प्रतिक्रिया दिनुहोस्