झापाका महिला उद्यमीलाई व्यवसाय प्रवद्र्धन तथा बजारीकरण सम्बन्धि प्रशिक्षण


Bazar Dainik
9 March, 2022 7:56 pm

झापा, फागुन २५ । महिला उद्यमी संघ झापाले व्यवसाय प्रवद्र्धन तथा बजारीकरण विषयक अन्तरक्रिया सम्पन्न गरेको छ । ११२ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा झापाका विभिन्न व्यवसायमा आवद्ध ७० जना महिला उद्यमीसँग अन्तरक्रिया गरिएको हो ।

व्यवसाय प्रवद्र्धन र बजारीकरणको तरिकाबारे सम्बन्धित रहेर प्रशिक्षक व्यवसायी सन्तोष घिमिरेले सहजीकरण गरेका थिए । व्यवसायिक सफलताका लागि आफूमा रहेको अन्तरनिहित क्षमतालाई प्रस्फुटन, रिसोर्सको पहिचान, निरन्तरता र विश्वासका साथ अघि बढे उत्पादन र व्यवसायिकरण गर्न नसकेर निराश हुनुनपर्ने कुरामा जोड दिइएको थियो ।

संस्थाका अध्यक्ष नैनकला भट्टराईको अध्यक्षता र शिक्षा तथा सामाजिक अभियान्ता मिरा प्रधानको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रधानले महिलाहरुले असल छोरी बुहारी हुनुका साथै सफल व्यवसायी बन्न आग्रह गरिन् ।

नेपाल पत्रकार महासंघ झापाका उपाध्यक्ष शुशिला संग्रौला लगायतले शुभकामना मन्तव्य राखेको कार्यक्रमको सञ्चालन महासचिव शर्मिला अधिकारी र स्वागत बरिष्ठ उपाध्यक्ष यशोदा चापागाँईले गरेकी थिइन् । महासंघ झापाकी संस्थापक अध्यक्ष गोमा भट्टराईले कार्यक्रमको औचित्यमाथि प्रकाश पारेकी थिएन् ।

प्रतिक्रिया दिनुहोस्