चौलागाईँले ल्याए ‘इलाम कन्याम स्वर्ग जस्तै ठाउँ’


Bazar Dainik
4 March, 2022 10:02 am

झापा, फागुन २० । गीतकार प्रेम चौलागाईँको शब्द रहेको नयाँ गीत ‘इलाम कन्याम स्वर्ग जस्तै ठाउँ’ को लिरिकल भिडियो सार्वजनिक भएको छ । चौलागाईँले गीतमा पाथिभरामाईलाई साक्षी राखेर चोखो माया लगाउने प्रमिल जोडीको कुरालाई प्रस्तुत गरेका छन् ।

इलामको देउमाई स्थायी ठेगना रहेका चौँलागाईँ हाल अमेरिकामा छन् । उनले पूर्वका रमणीय र पर्यटकीय स्थानहरुलाई आफ्नो गीतमा समेटेका छन् ।

गायिका रचना रिमाल र सुशिल भट्राईको स्वर रहेको गीतमा संगीत गोबिन्द गहतराजको रहेको छ । जसमा राजु कार्कीको एरेन्ज रहेको छ । ‘बाईस तले धरहरा’, ‘सुनाखरी लत्रेरै लरक्क’, लगायतका गीत यस अघि ल्याइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्